काठमाडौं । सोमबारदेखि सुरु भएको जेनजी मुभमेन्टको देशव्यापी आन्दोलनका क्रममा मंगलबार चार बुँदे आह्वान गरिएको छ।
शान्तिपूर्ण आन्दोलनलाई निरन्तरता दिँदै विश्वलाई प्रत्यक्ष देखाउन पहिलो बुँदामा आह्वान गरेको मुभमेन्टले तोडफोड र हिंसा आन्दोनको हिस्सा नभएको बताएको छ।
मुभमेन्टले आन्दोलन अनुशासित, कानुनी र मर्यादित हुने प्रष्ट पार्दै यो साझा आवाज भएको जनाएको छ। मुख्य नेता घोषणा गर्ने प्रयास सिद्धान्त विपरीत हुने भन्दै अस्वीकार गरिएको छ।
सोमबार भएको झडपमा १९ जनाको मृत्यु र ४ सयभन्दा बढी घाइते भएपछि आन्दोलनलाई शान्तिपूर्ण बनाउन यो आह्वान गरिएको हो।

प्रतिक्रिया दिनुहोस