काठमाडौं । भक्तपुर जिल्ला प्रशासन कार्यालयले पनि कर्फ्यू आदेश जारी गरेको छ। मंगलबार बिहान साढे ८ बजेदेखि लागुहुनेगरी प्रमुख जिल्ला अधपकारी नमराज घिमिरेले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेका हुन्।
प्रमुख जिल्ला अधिकारी घिमिरेले जारी गरेको आदेशअनुसार मध्यपुर थिमी, सूर्यविनायक र भक्तपुर नगरपालिकाभित्र आवतजावत, सभा, जुलुस, प्रदर्शन, बैठक वा घेराउ गर्न पूर्ण निषेध गरिएको छ।
सोमबार बानेश्वरमा भएको जेनजी पुस्ताको प्रदर्शनपछि १९ जनाको ज्यान गएको थियो।
कर्फ्यु लागू हुने क्षेत्रहरू :
-
जडीबुटी–राधेराधे–बालकोट–निकोसेरा–पेप्सीकोला क्षेत्र
-
जडीबुटीदेखि अरनिको राजमार्ग हुँदै साँगासम्म (९२०० मिटर वरपर)
-
पेप्सीकोला मनोहरा पुलदेखि निकोसेरा चोकसम्म
-
कौशल्टारदेखि बालकोट चोक हुँदै रोजभिलेज–चारदोबाटो चोकसम्म
-
राधेराधे चोकदेखि निकोसेरा चोकसम्म
-
बाखाबजार, नेपाल–कोरिया मैत्री नगर अस्पताल हुँदै चारदोबाटो चोकसम्म
-
सल्लाघारी–नगरकोट सडकमार्ग (कमलविनायक, खरिपाटी हुँदै नगरकोटसम्म)
-
च्यामासिंह–ताथली हुँदै नालासम्म (काभ्रेसीमासम्म)
-
दुवाकोट मोडदेखि नेपाल इन्जिनियरिङ कलेज क्षेत्रसम्म
-
देकोचादेखि चाँगुनारायण मन्दिर क्षेत्रसम्म
यसअघि काठमाडौं प्रशासनले पनि चक्रपथभित्र अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो। सोमबार बानेश्वरमा जेनजी पुस्ताले गरेको प्रदर्शनका क्रममा १९ जनाको ज्यान गएको घटनापछि दुवै जिल्लामा कर्फ्यु लगाइएको हो।
प्रतिक्रिया दिनुहोस