२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

कर्फ्यू अवज्ञा गर्दै संसद भवन अगाडि जेनजीको प्रदर्शन

मंगलवार , भाद्र २४, २०८२

काठमाडौं । नयाँ पुस्ताका युवा (जेनजी)हरुले मंगलबार बिहानैदेखि कर्फ्यू आदेश अवज्ञा गर्दै नयाँबानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन सुरु गरेका छन्।

हिजोको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि आक्रोशित उनका साथी तथा आफन्तहरूले सरकारविरुद्ध नाराबाजी गर्दै सडकमा उत्रिएका हुन्।

संसद भवन अगाडि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको ठूलो संख्यामा सुरक्षा बल परिचालन गरिएको छ। उनीहरू तारबार व्यवस्थित गर्ने तथा सुरक्षा घेरा बलियो बनाउन व्यस्त देखिएका छन्।

हिजो संसद भवनभित्र प्रवेश गरेर केही युवाहरूले तोडफोड गरेका थिए। आज भने भवन परिसरमै हतियारसहित सेना तैनाथ गरिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहान साढे ८ बजेदेखि चक्रपथ क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश लागू गरेको भए पनि प्रदर्शनकारीहरूले त्यसलाई अवज्ञा गरिरहेका छन्।

बानेश्वरको संसद भवन अगाडि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली खटाइएको छ । उनीहरुले तारबार व्यवस्थित गर्ने काममा व्यस्त देखिन्छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहान साढे आठ बजेदेखि अनिश्चितकालका लागि चक्रपथ क्षेत्रभित्र प्रदर्शन, जुलुश, भेला केही पनि गर्न नपाउने गरी कर्फ्यु लगाएको छ । तर प्रदर्शनमा सहभागीहरुले त्यसलाई अवज्ञा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट