२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

देशलाई नै शोकाकुल पारेर सरकारमा बसिरहन मन लागेन भन्दै कृषिमन्त्रीले दिए राजीनामा

मंगलवार , भाद्र २४, २०८२

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् ।

जेनजी पुस्ताले सोमबार गरेका प्रदर्शनमा भएको विरोधमा भएको दमनप्रति आक्रोश व्यक्त गर्दै राजीनामा दिएका हुन् ।

उनले देशलाई नै शोकाकुल पारेर सरकारमा बसिरहन आफ्नो नैतिकताले नदिएको बताएका छन् ।

सामाजिक सञ्जाल मार्फत उनले लेखेका छन्, ‘यसको जवाफ नखोजी सत्तामा बस्नु मेरा लागि सह्य भएन । स–साना कलिला छोराछोरीहरुको हत्या र दमन पश्चात देशलाई नै शोकाकुल पारेर सरकारमा बसिरहन मेरो नैतिकता र मेरो दलले मलाई प्रदान गरेको शिक्षाको खिलाफ हुने मेरो ब्रम्हले चेतावनी दिएको र मलाई मेरो पदीय जिम्मेवारीमा टाँसिइरहन अपराधबोध भएकोले देश र जनतासमक्ष नैतिक रूपमा क्षमायाचना गर्दै, सरकारको यो अलोकतान्त्रिक कदमप्रति आपत्ति जनाउँदै देश र जनतासमक्ष मन्त्री पदबाट राजीनामा पेश गरेको जानकारी गराउँदछु ।’

लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्दा दमन, हत्या भएको उनले लेखेका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट