मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

म्यानचेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा

म्यानचेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा

काठमाडौं । इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ ।

गएराति भएको खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेइन पीएसजीलाई २–० गोलले हराउँदै सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।

खेलको ११औँ  र ६३औँ मिनेटमा महरेजले गोल गर्दै सिटीलाई फाइनलमा पुर्याएका हुन् । पिएसजीले १० खेलाडीमा सीमित रहँदै खेलको अन्त्य गरेको थियो ।

एन्जल डी मारिया रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लिग वान क्लब १० खेलाडीमा सीमित बनेको थियो । सिटीले अब उपाधिको लागि चेल्सी र रियल मड्रिडबीचको विजेतासँग मे २९ तारिखमा खेल्नेछ ।

दोस्रो लेग चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा हुनेछ । फाइनल खेल टर्कीको इस्तानबुलमा मे २९ मा हुनेछ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend