काठमाडौं । आक्रोशित प्रदर्शनकारीहरुले नक्सालस्थित हिल्टन होटलमा आगजनी गरेका छन्।
सोमबारको आन्दोलनमा १९ जनाको ज्यान गएपछि आक्रामक प्रदर्शनमा उत्रिएका जेनजीहरूले केहीबेरअघि हिल्टन होटलमा आगजनी गरेका हुन् ।
प्रहरी प्रधान कार्यालय नजिकै रहेको उक्त होटलमा आगजनी भएको हो ।
आज प्रदर्शनकारीहरुले शीर्ष नेताका घर, पार्टी कार्यालय, प्रहरी कार्यालयहरूमा प्रदर्शनकारीहरूले लगातार ढुंगामुढा गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस