काठमाडौं । जेनजीको आन्दोलनको दोस्रो दिन आज प्रदर्शनकारीहरु सिंहदरबारभित्र छिरेका छन् ।
आज उनीहरू प्रधानमन्त्रीलगायत शीर्ष नेता र मन्त्रीको घरलक्षित गरी तोडफोड र आगजनीमा उत्रिएका छन् ।
अहिले देशभर प्रदर्शनकारीको भिड सुरक्षाकर्मीको नियन्त्रणबाहिर छ ।
अहिले सिंहदरबारभित्र प्रवेश गरेर उनीहरूले मन्त्रालयहरूमा तोडफोड तथा आगजनी गरेका छन् ।
उनीहरू गेट तोडेर प्रवेश गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस