२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

नेपालको घटनाप्रति भारतद्वारा दुःख व्यक्त

मंगलवार , भाद्र २४, २०८२

काठमाडौं । भारतीय विदेश मामिला मन्त्रालयले सोमबारदेखि नेपालमा भइरहेको घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाउँदै घटनामा धेरै युवाको ज्यान गएकामा दुःख व्यक्त गरेको छ ।

विदेश मामिला मन्त्रालयले आज विज्ञप्ति जारी गरी आफ्नो विचार र प्रार्थना मृतकका परिवारहरुका साथमा रहेको उल्लेख गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

घनिष्ठ मित्र र छिमेकीका रुपमा सम्बन्धित सबैले संयम अपनाउने र शान्तिपूर्ण माध्यम तथा संवादमार्फत कुनै पनि विषयलाई सम्बोधन गर्ने कुराको आशा गर्दै मन्त्रालयले काठमाडौं र नेपालका अन्य धेरै सहरमा लगाइएको कर्फ्यूलाई पनि ध्यानमा राखेको जनाएको छ ।

साथै, मन्त्रालयले नेपालमा रहेका भारतीय नागरिकहरुलाई सावधानी अपनाउन र नेपाली अधिकारीहरुले जारी गरेका कदम र निर्देशनहरु पालना गर्न सल्लाह दिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट