काठमाडौं। वरिष्ठ नेत्र चिकित्सक डा. सुन्दुक रुइतले भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटिसकेकोले संयमित रहन जेनजी पुस्तालाई अपिल गरेका छन्। उनले सार्वजनिक सम्पत्तिमाथि आगजनी गर्नु र नष्ट गर्नु उचित नहुने बताएका छन्।
सामाजिक सञ्जालमा डा. रुइतले लेखेका छन्, ‘परिवर्तनका लागि सडकमा विरोध प्रदर्शन गरिरहनुभएका भाइबहिनीहरु, तपाईंहरुले देखाउनुभएको अदम्य साहसका कारणले असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटिसकेको छ। यस्तो अवस्थामा सार्वजनिक सम्पत्तिमाथि आगजनी गर्नु र नष्ट गर्नु उचित हुँदैन।’
उनले सबै मिलेर देश जोगाउनु पर्ने र सबै मिलेर देश बनाउनुपर्ने अपिल गरेका छन्।
प्रतिक्रिया दिनुहोस