काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले प्रदर्सन गरिरहेका जेनजीहरुलाई संयमित हुन आग्रह गरेका छन् ।
उनले अब सार्वजनिक सम्पत्ति तोडफोड नगर्न अपिल गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रधानमन्त्रीले राजीनामा दिइसकेको अवस्थामा निजी तथा सार्वजनिक सम्पत्ति तोडफोड नगर्न अपिल छन् ।
उनले लेखेका छन्, ‘जेन जीको विरोध प्रदर्शन र त्यसपछि विकसित घटनाक्रम पछि प्रधानमन्त्रीले राजीनामा दिइसकेको अवस्थामा निजी तथा सार्वजनिक सम्पति तोडफोड नगर्न सम्पूर्ण आन्दोलनरत पक्षलाई अनुरोध गर्दछु । सार्वजनिक सम्पति तपाईं हाम्रै करबाट निर्माण भएको र पुनःनिर्माणमा पनि हाम्रै पैसा खर्च हुने हुँदा यसतर्फ ध्यान दिई संयमित बन्न अनुरोध गर्दछु । अबको मार्गदर्शन भनेकै संयमता, परिपक्वता र दीर्घकालीन सुधारको दिशामा उन्मुख हुनु हो ।’
घिसिङले सरकारको गलत रबैया, गैरजिम्मेवारीपन र असंवेदनशीलताका कारण यो परिस्थिति उत्पन्न भएको भन्दै दुख व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस