२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

प्रहरीको अनुरोध : राष्ट्रहितमा सक्रिय रहन सबैलाई आग्रह

बुधवार , भाद्र २५, २०८२

काठमाडौं । नेपाल प्रहरीले विधिको शासन कायम गर्न सम्पूर्ण नेपालीको साथ र सहयोग अपरिहार्य भएको जनाउँदै राष्ट्रहितका खातिर सक्रिय रहन सबै नागरिकलाई आग्रह गरेको छ।

सोमबार जारी गरिएको विज्ञप्तिमा प्रहरी प्रधान कार्यालयले जेन–जीको आह्वानमा आयोजित शान्तिपूर्ण प्रदर्शनका क्रममा भएका दुःखद घटनाप्रति गहिरो संवेदना व्यक्त गर्दै प्रहरी संगठन त्यस घटनाबाट मर्माहत भएको जनाएको छ।

“यस घडीमा प्रहरी र आम नेपाली दाजुभाइ–दिदीबहिनीहरूले राष्ट्रिय सुरक्षा, अपराध न्यूनीकरण र राष्ट्रहितका लागि जिम्मेवारीपूर्वक मुलुकप्रति समर्पित हुन आवश्यक छ,” विज्ञप्तिमा भनिएको छ।

महानिरीक्षकको सचिवालयमार्फत जारी विज्ञप्तिमा प्रदर्शनका क्रममा भएको जनधनको क्षति अपूरणीय र दुःखद भएको उल्लेख गर्दै परिस्थिति बिग्रन नदिन प्रहरी–नागरिक साझेदारी, शान्तिपूर्ण सहकार्य र उद्धार–उपचारमा एकाकार हुनुपर्ने भनिएको छ।

साथै, अपराधिक गतिविधिबाट हुन सक्ने थप क्षति रोक्न, क्षतिको पुनर्निर्माण गर्न र शान्ति पुनःस्थापनार्थ प्रहरीलाई सहयोग गर्न सम्पूर्ण नेपाली जनतामा अपील गरिएको छ। प्रहरी संगठनले कानुन कार्यान्वयनमार्फत विधिको शासन कायम गर्न सबैको निरन्तर साथ आवश्यक भएको दोहोर्‍याएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट