२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

जेन–जी आन्दोलनपछि काठमाडौंमा सेनाको गस्ती सुरु, विना काम घरबाहिर ननिस्कन आग्रह

बुधवार , भाद्र २५, २०८२

काठमाडौं । मंगलबार जेन–जी आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिपछि राजधानी काठमाडौंमा नेपाली सेनाले समेत गस्ती सुरु गरेको छ।

मंगलबार राति १० बजेदेखि सेना सहित अन्य सुरक्षा निकायहरू विभिन्न क्षेत्रमा परिचालित भएका छन्। सेनाले सडक, गल्ली र सार्वजनिक स्थानमा निस्किएका सर्वसाधारणलाई विना काम घर बाहिर ननिस्किन आग्रह गर्दै घर फर्काइरहेको छ।

आकस्मिक सेवामा संलग्न कर्मचारीलाई भने परिचयपत्रका आधारमा आवतजावतको छुट दिइएको छ।

प्रदर्शनकारीले आगजनी गरेको संसद भवन वरिपरि सेनाले सर्वसाधारणलाई प्रवेशमा रोक लगाएको छ। साथै अन्य सरकारी तथा संवैधानिक निकायहरूमा पनि सेना र सुरक्षाकर्मीहरू व्यापक रूपमा परिचालित भएको प्रहरीले जनाएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट