२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

हर्क साम्पाङको चेतावनी : “काठमाडौंले नयाँ नेतृत्व चुन्न हतार नगर्नू”

बुधवार , भाद्र २५, २०८२

काठमाडौं । धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंमा नयाँ नेतृत्व छान्ने प्रक्रियामा हतार नगर्न चेतावनी दिएका छन्।

राजनीतिक निकासका लागि जेन–जी आन्दोलनका प्रतिनिधिसँग राजधानीमा वार्ताको तयारी भइरहेका बेला बुधबार बिहान सामाजिक सञ्जालमार्फत साम्पाङले यस्तो टिप्पणी गरेका हुन्।

“नेपाल काठमाडौं मात्रै होइन, जेन–जी त्यहाँ मात्रै छैनन्। नयाँ नेतृत्व छान्दा हतार नगर्नू,” उनले आफ्नो स्टाटसमा लेखेका छन्।

यसअघि मंगलबार राति राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा बुधबार हुने भनिएको औपचारिक वार्ताको तयारी स्वरुप प्रधानसेनापति अशोक सिग्देलले केही जेन–जी प्रतिनिधिलाई जंगीअड्डा बोलाएर छलफल गरेका थिए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट