काठमाडौं । बाँकेको नौबस्तास्थित बाल सुधारगृहमा गएराति भएको झडपमा पाँच जनाको मृत्यु भएको छ। दुई जना घाइते भएको सुरक्षा स्रोतले जनाएको छ।
मृत्यु हुनेमा दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर रहेका छन्।
घटनामा घाइते भएकाहरूमध्ये पाँच जनाको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको र दुई जनाको उपचार जारी रहेको बताइएको छ।
देशभर जेन–जी आन्दोलन चर्किएको बेला सुधारगृहमा रहेका कैदी युवाहरू भाग्ने प्रयास गर्दा झडप भएको प्रारम्भिक जानकारी छ। प्रहरी रोक्न खोज्दा तनाव सिर्जना भएको र सोही क्रममा भाग्ने केही सफल भएका जनाइएको छ। बाँकी अझै सुधारगृहभित्रै रहेका छन्।
प्रतिक्रिया दिनुहोस