२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

प्रहरी भन्छ : 'संसद् भवनभित्र ३२ जना मृत फेला परेको भन्ने सूचना भ्रामक'

बुधवार , भाद्र २५, २०८२

काठमाडौं । संसद् भवनभित्र ३२ जना मृत भेटिएको भन्ने सूचना भ्रामक भएको पुष्टि भएको छ ।

मंगलबार सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती बनेको सो सूचना भ्रामक रहेको नेपाल प्रहरीले बताएको छ ।

नेपाल प्रहरीले बुधबार बिहान एक सूचना सार्वजनिक गर्दै ‘बेपत्ता भएका ३२ जना संसद भवनभित्र मृत फेला’ भन्ने सूचनालाई भ्रामक बताएको छ।

साथै, यस परिस्थितिमा जनमानसमा डर त्रास फैलाउने किसिमका नकारात्मक समाचार सिर्जना नगर्न प्रहरीले अनुरोध गरेको छ।

यसैबीच, नेपाली सेनाकोे जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधबार बिहान अपिल जारी गर्दै बेलुकी ५ बजेसम्मलाई निषेधाज्ञा रहेको र बिहीबार बिहान ६ बजेसम्मलाई कर्फ्यू आदेश जारी रहने उल्लेख गरेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट