काठमाडौं । सर्वोच्च अदालतमा मंगलबार दनदनी लागेको आगो निभाउन आज बिहान काठमाडौं महानगरपालिकाको दमकल परिचालित भएको छ। मंगलबार भने आगलागी नियन्त्रणका लागि दमकल प्रयोग गरिएको थिएन।
जेन–जी आन्दोलनका क्रममा युवाको एक समूहले आगजनी गर्दा सर्वोच्च अदालत पूर्णरुपमा जलेर ध्वस्त भएको हो। आगलागीका कारण मुद्दाका मिसिल, सर्भर, इजलास लगायतका सम्पत्ति जलेर नष्ट भएका छन्।
मुख्य रजिष्ट्रारले जारी गरेको सूचनामा सर्वोच्च अदालतका सबै मुद्दाको सुनुवाइ अर्को सूचना नभएसम्मका लागि अनिश्चितकालका लागि स्थगित गरिएको उल्लेख छ।
आगजनीले कागजात, प्रमाण र डाटा सबै खरानी भएको र काठमाडौं तथा हेटौंडास्थित डाटा सेन्टरमा पनि आक्रमण हुँदा मुलुकको न्यायप्रणालीमा ठूलो क्षति पुगेको अधिकारीहरूले बताएका छन्।
प्रतिक्रिया दिनुहोस