काठमाडौं । नेपाली सेनाले काठमाडौंको गौशाला-चाबहिल-बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरुबाट ३३ लाख ७० हजार रुपैयाँ बरामद गरेको छ ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार आज बिहान १० बजेसम्म लुटपाट, आगजनी, विध्वंस लगायतमा संलग्न रहेको आरोपान २७ जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेकाहरूबाट प्रहरीले ३१ वटा बन्दुक बरामद गरेको छ। काठमाडौँको विभिन्न स्थानहरुबाट २३ र पोखराबाट ८ वटा बन्दुक बरामद गरेको हो ।

साथै, २३ जना घाईते नेपाल प्रहरी तथा ३ जना गैर सैनिक व्यक्तिहरुको सैनिक अस्पतालहरुमा उपचार गरिएको पनि नेपाली सेनाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस