काठमाडौं । राजधानीस्थित डिल्लीबजार कारागारमा कैदीबन्दीहरूले आगजनी गरेका छन्।
कारागार प्रशासक बाबुराम अर्यालका अनुसार कैदीबन्दीहरूले आफूहरूलाई समेत बाहिर निस्कने व्यवस्था गर्नुपर्ने भन्दै मंगलबार आगजनी गरेका हुन्।
आगोको मुस्लो देखिन थालेपछि कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने तयारी भइरहेको अर्यालले जानकारी दिए।
आगजनी र तोडफोडपछि अहिले कारागार परिसरमा सुरक्षा व्यवस्था सेनाले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस