काठमाडौं । पछिल्लो समय असहज बनेको सेवा सुचारु गर्ने विषयमा मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा सचिवहरूको भर्चुअल बैठक तयारी भएको छ । आज दिउँसो साढे १२ बजे भर्चुअल बैठक बस्ने भएको हो ।
हालैको जेनजी आन्दोलनपछि प्रशासनिक संरचना र अत्यावश्यक सेवामा परेको असरलाई तत्काल सुचारु गर्ने उद्देश्यले बैठक आह्वान गरिएको हो ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्ले अनुसार बैठकमा सेवा सञ्चालनका लागि आवश्यक निर्णय लिने साथै समसामयिक परिस्थितिबारे गहन छलफल छ । बैठकमा सबै सचिवहरु सहभागी रहने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस