२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

राष्ट्रसङ्घका महासचिव गुटेरेसद्वारा संयमता अपनाउन र मानवअधिकार कानुनको पालना गर्न आग्रह

बुधवार , भाद्र २५, २०८२

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको अवस्थालाई आफूले नजिकबाट नियालिरहेको उल्लेख गर्दै विरोध प्रदर्शन शान्तिपूर्ण रूपमा गर्न आग्रह गर्नुभएको छ ।

उनले आज सामाजिक सञ्जाल एक्समार्फत प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूप्रति दुःख लागेको उल्लेख गर्दै जीवन र सम्पत्तिको सुरक्षा तथा सम्मान गर्न आग्रह गरेका हुन् ।

महासचिव गुटेरेसले सो विषयमा गहिरो अनुसन्धान गर्न, हिंसा थप बढ्न नदिन संयमता अपनाउन र रचनात्मक मार्गप्रशस्त गर्नका लागि वार्तालाप गर्न आग्रह गरेका छन् । साथै उनले मानवअधिकार कानुनको पालना गर्न पनि आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट