काठमाडौं । नेपाली सेनाले डडेलधुरास्थित जिल्ला कारागारबाट निस्केर भागेका कैदीवन्दीहरु मध्ये २६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
नेपाली आर्मीको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिएको सूचना अनुसार काठमाडौं डिल्ली बजारस्थित सदर कारागारबाट भाग्ने प्रयास गरेका कैदीवन्दीहरुलाई पनि रोकिएको छ ।
त्यस्तै, मंगलबार बिहान १० बजेबाट दिउँसोको १ बजेसम्म महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केट लुटपाटमा संलग्न ४ जना पक्राउ परेका छन् ।
सूचना अनुसार डिल्लीबजार-नारायणथान क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरुले सुरक्षा फौजलाई देखेपश्चात छोडेर भागेको नेपाली रुपैयाँ २ लाख ३२ हजार ५०० बरामद गरिएको छ । साथै, सुरक्षाकर्मीबाट लुटिएका थप हतियार १ नालसहित हालसम्म जम्मा ३२ नाल हतियार बरामद भएको छ ।
प्रतिक्रिया दिनुहोस