काठमाडौं । जेनजीहरू भर्चुअल छलफलमा जुटेका छन् । बुधबार आफ्नो एजेन्डाहरू बनाउन जेनजीहरू भर्चुअल छलफलमा जुटेका हुन् ।
भर्चुअल छलफलमा अहिले डिस्कोर्डमा ३२ सय भन्दा बढी युवाहरू एजेण्डामाथि छलफल गरिरहेका छन् ।
राष्ट्रपति र नेपाली सेनाले जेनजीहरूलाई वार्ताका लागि बोलाएको छ ।
छलफलमा उनीहरूले अब कसरी अगाडि बढ्ने ? शासकीय स्वरूप कस्तो हुने ? कार्यकारीको शासन अवधि कति हुने ? भन्ने लगायतका विषयमा छलफल गरिरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस