काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा एक शव फेला परेको छ ।
मंगलबार जेनजीहरुको प्रदर्शनकारीले आगजनी गरेको ललितपुरको ढोलाहिटीस्थित दाहालको घरमा एक पुरुषको शव भेटिएको हो ।
प्रहरीका अनुसार शवको पहिचान हुन बाँकी छ ।
मंगलबार जेननीहरुको आन्दोलन उग्र बनेपछि देशका बिभिन्न ठाउँमा नेताका घरहरुलगायतमा आगजनी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस