२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

झुलाघाट नाकामा एसएसबीले लगायो आवातजावतमा रोक

बुधवार , भाद्र २५, २०८२

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आवतजावतमा रोक लगाइएको छ।

‘जेन– जी’ आन्दोलनले नेपालमा अशान्ति बढेसँगै भारत प्रवेश गर्न भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नाकामा रोक लगाएको हो ।

एसएसबीले भारत प्रवेशमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले पुष्टि गरे।

‘भारतीय सुरक्षाकर्मीले नाकामा रोक लगाएको छ । नेपालको अशान्त परिस्थिती देखेर होला भारत प्रवेश गर्न दिइएको छैन,’ उनले भने।

भारतीय सुरक्षाकर्मीले प्रवेशमा रोक लगाएपछि झुलाघाटमा नेपालतर्फको प्रवेशद्वार पनि बन्द गरिएको छ।

‘भारत प्रवेशमा रोक लागेपछि हामीले पनि नेपालतर्फको गेट बन्द गरेर नाका सिल गरेका छौं,’ उनले भने।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट