२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

आज २०८२ साल भदौ २६ गते बिहीबारको राशिफल

बिहिवार , भाद्र २६, २०८२

काठमाडौं । आज २०८२ साल भदौ २६ गते बिहीबार। तदनुसार सन् २०२५ सेप्टेम्बर ११ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। आजको राशिफल कस्तो छ हेरौं ।

मेष : दिन राम्रो छ। आज स्वास्थ्य र शिक्षामा गरेको प्रयास सफल हुनेछ। वैदेशिक रमझमले मन आकर्षित गरिरहको छ। प्रयास गरेको भए सफतलता मिल्नेछ। सामाजिक राजनीति क्षेत्रमा सेवाका अवसर प्राप्त हुनेछन्। दाम्पत्य जीवनमा भने खटपटी बढ्नेछ।

वृष : दिन सामान्य छ। आज सञ्चित धन खर्च हुनेछ। अनावश्यक यात्रा गर्नुपर्ने हुनसक्छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। मान्यजनको आशिर्वाद लिएर गरेको काममा सफलता मिल्नेछ। व्यापारमा भने झमेला आइलाग्न सक्छ।

मिथुन : दिन राम्रो छ। बोलीको प्रभावले काम बन्नेछन्। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा केही ढिलासुस्ती हुनसक्छ। आम्दानीका स्रोत भेटिनेछन्।

कर्कट : दिन राम्रो छ। साथीभाइ दाहिना छन्। मिष्ठान्न भोजन मिल्नेछ। शिक्षामा केही ढिलासुस्ती हुनेछ। आम्दानीका स्रोत सबल छन्। परिवारको साथ सहयोग मिल्नेछ।

सिंह : दिन राम्रो छ। बोलीको प्रभावले तपाईंको काम बन्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानी फस्टाउनेछ। विदेशमा भन्दा स्वदेशमा विकल्प भेटिनेछन्। मनमा नराम्रा विचार आउन सक्छन्। बिहान उठेर पिपलको बोटमा पानी हाल्नु फाइदा हुनेछ।

कन्या : दिन सामान्य छ। अरुले गरेका गल्तीले तपाईंलाई अपजस आइलाग्न सक्छ। आज पूर्वको लामो यात्रा नजानुहोला। स्वास्थ्य र शिक्षामा भने सुधारका संकेत देखिनेछन्।

तुला : दिन राम्रो छ। आज बनाएको योजनाको दीर्घकालीन प्रभाव पर्नेछ। परिवारको साथ र सहयोग रहनेछ। मनमा रहेको खटपटी कम हुनेछ। ठूलाबडाको साथले मनमा उत्साह थपिनेछ।

वृश्चिक : दिन सामान्य छ। कुरा काट्ने बढ्नेछन्। अप्रिय खबर सुन्नुपर्ने हुनसक्छ। चिन्ता बढ्नेछ। आजको दिन थोरै बोलेर अघि बढ्दा राम्रो हुनेछ।

धनु : दिन राम्रो छ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। आज आफन्तको सहयोग मिल्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले नयाँ योजना बन्नेछ।

मकर : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। आज पूर्वको लामो यात्रामा ननिस्कनु होला। अरुलाई विश्वास गर्दा घात हुनसक्छ।

कुम्भ : दिन सामान्य छ। शत्रु बढ्नेछन्। काममा अपजस पाइनेछ। राजनीतिमा आज हात नलगाउनु राम्रो हुनेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ।

मीन : दिन राम्रो छ। आम्दानी हुनेछ। स्वास्थ्य र शिक्षामा समस्या आइपर्न सक्छ। परिवारको सल्लाह लिएर अघि बढ्नु उपयुक्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट