२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

उपत्यकामा निषेधाज्ञा खुकुलो, कर्फ्यू भदौ २७ गते बिहानसम्म

बिहिवार , भाद्र २६, २०८२

काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा र कर्फ्यूलाई क्रमशः खुकुलो बनाउने निर्णय गरेको छ।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भदौ २६ गते बिहान १० देखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा लागू हुनेछ भने कर्फ्यू सोही दिन बेलुकी ७ बजेदेखि भदौ २७ गते बिहान ६ बजेसम्म जारी रहनेछ।

नागरिकलाई भदौ २६ गते बिहान ६–१० र बेलुकी ५–७ बजेसम्म अत्यावश्यक कार्यका लागि आवतजावत गर्न अनुमति दिइनेछ। एम्बुलेन्स, दमकल, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, खाद्यान्न तथा औषधि ढुवानीका सवारी साधन सञ्चालनमा रोक नलाग्ने जनाइएको छ।

सरकारी कार्यालय र वित्तीय संस्थाका कर्मचारीले परिचयपत्र देखाई कार्यालय जान पाउनेछन् भने विमानस्थल आवतजावतका लागि यात्रुहरूले टिकट प्रस्तुत गर्नुपर्ने व्यवस्था गरिएको छ।

सेनाले सुरक्षाकर्मीलाई सहयोग गर्न र आवश्यक पर्दा नजिकैका सुरक्षाकर्मीहरूसँग समन्वय गर्न सबैमा आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट