२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

अन्तरिम सरकार नेतृत्वबारे आज राष्ट्रपति, प्रधानसेनापति र जेनजीबीच निर्णायक छलफल

बिहिवार , भाद्र २६, २०८२

काठमाडौं । नेपाली सेनाको समन्वयमा अन्तरिम सरकार गठनबारे राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरूबीच आज निर्णायक छलफल हुने भएको छ।

जेनजी युवाले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीका लागि प्रस्ताव गरिसकेका छन्। आजको छलफलले सो प्रस्तावलाई औपचारिकता दिने अपेक्षा गरिएको छ।

सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार राष्ट्रपति पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल र जेनजी प्रतिनिधिबीच विहीबार बिहानदेखि वार्ता सुरु हुनेछ।

भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्धको आन्दोलनमा १९ युवाको ज्यान गएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। त्यसपछि ताजा जनादेशका लागि अन्तरिम सरकार गठनको प्रक्रिया अघि बढाइएको हो।

सुशीला कार्कीलाई काठमाडौं महानगर प्रमुख बालेन शाह र धरान उपमहानगर प्रमुख हर्क साम्पाङले समर्थन जनाएका छन्। व्यवसायी दुर्गा प्रसाईंले भने देश निकास पाओस्, जसले नेतृत्व गरे पनि स्वीकार्छुू भन्ने प्रतिक्रिया दिएका छन्।

जेनजी युवाको भर्चुअल मतदानमा पनि कार्कीको पक्षमा बहुमत देखिएको छ। कार्कीले प्रस्ताव स्वीकार गर्दै अन्तरिम सरकारको नेतृत्व गर्न तयार रहेको बताइसकेकी छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट