रामेछाप । रामेछाप कारागार तोडेर भाग्न खोज्ने क्रममा बिहीबार बिहान नेपाली सेनाले चलाएको गोली लागी दुई कैदीको मृत्यु भएको छ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार कैदिबन्दीले ताल्चा फोडेर निस्कन खोजेपछि सम्झाउने प्रयास विफल भई बलपूर्वक बाहिरिन खोज्दा गोली चलाउनुपरेको हो।
घटनामा एक कैदी गम्भीर र अन्य १० जना घाइते भएका छन्। उनीहरूको रामेछाप अस्पतालमा उपचार भइरहेको छ।
कारागारमा १६ महिला र ३१८ पुरुष गरी ३३४ जना कैदी रहेका छन्। अहिले कारागार नियन्त्रणमा लिइसकिएको प्रशासनले जनाएको छ।
प्रतिक्रिया दिनुहोस