logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • मालीकी एक महिलाले जन्माइन् एकैपटक ९ सन्तान

    मालीकी एक महिलाले जन्माइन् एकैपटक ९ सन्तान

    3K
    Shares

    काठमाडाैं । मालीकी एक २५ वर्षीया महिलाले एकै पटक ९ सन्तान जन्माएकी छिन् । उनको गर्भबाट अहिले पाँच छोरी र चार छोरा जन्मिएकाे बीबीसीले उल्लेख गरेकाे छ । 

    चिकित्सकहरूले उनको गर्भमा सातवटा भ्रूण भएको बताएका थिए । तर हालिमा सिसे नाम गरेकी उक्त महिलाले मोरोक्कोमा ९ बच्चाकाे जन्म दिएकी हुन् । 

    मालीको सरकारले उनको अवस्थाका कारण विशेष स्वास्थ्यसेवा आवश्यक पर्ने कारण मोरोक्को पठाएको थियो । ती महिलाकाे स्वास्थ्य र सबै बालबालिका स्वस्थ रहेकाे उनका श्रीमान उद्दृत गरी बीबीसीले समाचार प्रकाशित गरेकाे छ । 

    सन् २००८ मा अमेरिकामा आठवटा बच्चा जन्माएकी एक महिलाको नाममा एकैपटक सबैभन्दा धेरै जीवित सन्तान जन्माउने विश्व कीर्तिमान कायम छ । यसअघि दुई महिलाले नौवटा बच्चा जन्माएको इतिहास छ। तर सन् १९७१ मा अस्ट्रेलिया र सन् १९९९ मा मलेशियामा ती कुनै पनि बालबच्चा केही दिनभन्दा बढी बाँचेनन्।

    विश्व कीर्तिमान राखेकी नाड्या सुलेमनका आठै बालबच्चा अहिले १२ वर्षका भए । ती कृत्रिम गर्भाधानबाट जन्मिएका थिए । मालीका स्वास्थ्यमन्त्री फान्ता सिबीले माली र मोरोक्कोका स्वास्थ्यकर्मीलाई बधाईसमेत दिएकी छिन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend