२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

जेनजीको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै केपी ओलीविरुद्ध जाहेरी दर्ता

शनिवार , भाद्र २८, २०८२

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता भएको छ । यही भदौ २३–२४ गते भएको जेनजीको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता भएको हो ।

पूर्वप्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेस सांसद अभिषेक प्रताप शाहले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) दिलकुमार तामाङमार्फत महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा जाहेरी दर्ता गराएका हुन् ।

जाहेरीमा ओलीमाथि जघन्य अपराधको अभियोग लगाउँदै घटनाको गहिरो अनुसन्धान गरी प्रमाणसहित कानुनी कारबाही गर्न माग गरिएको छ ।

त्यस्तै, शव परीक्षण रिपोर्ट र घटनास्थल मुचुल्का प्रमाणका रूपमा पेस गर्न जाहेरीमा माग गरिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट