२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

मोरङमा जेनजी आन्दोलनपछि सरकारी कार्यालय पुनर्निर्माणका लागि आकस्मिक खरिदको तयारी

सोमवार , भाद्र ३०, २०८२

विराटनगर । जेनजी आन्दोलनका क्रममा मोरङका सरकारी कार्यालयमा भएको आगजनी र तोडफोडबाट भएको क्षतिको पुनर्निर्माणका लागि जिल्ला विपद् व्यवस्थापन समितिले आकस्मिक खरिद प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

गत भदौ २४ गते भएको आन्दोलनपछि क्षति पुगेका कार्यालयको पुनर्निर्माणलाई तीव्रता दिने उद्देश्यले समितिको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६६ र सार्वजनिक खरिद नियमावलीको नियम १४५ अनुसार विशेष परिस्थितिमा आकस्मिक खरिद गर्न सकिने व्यवस्था प्रयोग गर्ने जनाएको छ ।

यसका लागि क्षतिको मात्रा र गुणस्तरको विस्तृत सूची तयार पारेर सार्वजनिक खरिद अनुगमन कार्यालयलाई जानकारी गराई प्रक्रिया अघि बढाइने भएको छ । साथै समितिले जिल्लाको शान्ति–सुरक्षा, विकास निर्माण र बजार व्यवस्थालाई सहज बनाउने अन्य महत्वपूर्ण निर्णयहरू पनि गरेको छ ।

बैठकले अघिल्ला सम्झौताअन्तर्गत रोकिएका आयोजना र कार्यक्रमलाई तत्काल सुचारु गर्ने, आन्दोलनका क्रममा क्षति पुगेको दमकलको तत्काल मर्मत गरी सञ्चालनमा ल्याउने, घटनाबाट भएको क्षतिको यथार्थ विवरणसहितको मुचुल्का तयार पारेर क्षति मूल्याङ्कन समितिमा पेश गर्ने निर्णय गरेको छ ।

यस्तै सम्भावित कालोबजारी र मूल्यवृद्धि रोक्न प्रत्येक पालिकामा आपूर्ति तथा बजार व्यवस्थाको नियमित अनुगमन गर्ने व्यवस्था मिलाउने पनि समितिको निर्णय छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बसेको बैठकमा विभिन्न पालिकाका प्रमुख, जनप्रतिनिधि र सरकारी कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट