२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेवले दिए नवनियुक्त ऊर्जामन्त्री घिसिङलाई बधाई

मंगलवार , भाद्र ३१, २०८२

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई बधाई दिएका छन् । मंगलबार शाक्यले आफ्नो फेसबुक पोस्टमार्फत घिसिङलाई बधाई दिएका हुन् ।

उनले मन्त्री घिसिङलाई ऊर्जा क्षेत्रमा पुर्याएको विशिष्ट योगदानको कदर गर्दै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका छन् ।

उनले भनेका छन्, “उर्जा क्षेत्रमा विशिष्ट योगदान दिनुभएका श्री कुलमान घिसिङज्यू नयां नेपालको उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाइ छ। सफल कार्यकाल र उत्तरोतर प्रगतिका लागि हार्दिक शुभकामना साथै संपूर्ण उर्जा क्षेत्रकै सफलता सहितको समृद्ध नेपालको समेत हार्दिक मंगलमय कामना व्यक्त गर्दछु।”

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट