२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

विश्वकप २०२६ : मोरक्कोसँग रोकियो ब्राजिल, ऐतिहासिक अपराजित यात्रा भने कायमै

आइतवार , जेठ ३१, २०८३

काठमाडौं । छैटौं पटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमै रोकिएको छ । अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा आइतबार बिहान भएको समूह ‘सी’ को रोमान्चक खेलमा ब्राजिलले मोरक्कोसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलमा सुरुवाती अग्रता भने मोरक्कोले लिएको थियो । २१औं मिनेटमा इस्माइल साइबारीले उत्कृष्ट गोल गर्दै मोरक्कोलाई अप्रत्यासित अग्रता दिलाएका थिए । तर, मोरक्कोको त्यो खुसी लामो समय टिक्न पाएन । खेलको ३२औं मिनेटमा ब्राजिलका स्टार फरवार्ड भिनिसियस जुनियरले ब्रुनो गुमाइरेसको पासलाई सदुपयोग गर्दै डिफेन्डरहरूलाई बिट गरेर सानदार बराबरी गोल फर्काए । पहिलो हाफमै १–१ को स्थितिमा पुगेको खेलको दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन सकेन ।

यो बराबरीसँगै ब्राजिलले विश्वकपको इतिहासमा ८ वर्षपछि आफ्नो पहिलो खेलमा जित निकाल्न असफल भएको छ । यसअघि सन् २०१८ को रसिया विश्वकपमा पनि ब्राजिल पहिलो खेलमा स्विटजरल्यान्डसँग १–१ को बराबरीमा रोकिएको थियो ।

जित निकाल्न नसके पनि ब्राजिलले विश्वकपको ओपनिङ खेलमा आफ्नो ऐतिहासिक अपराजित यात्रालाई भने २१ खेलसम्म लम्ब्याएको छ । सन् १९३४ को दोस्रो संस्करणमा स्पेनसँग पराजित भएयता ब्राजिलले विश्वकपको आफ्नो पहिलो खेल गुमाएको छैन । त्यसयताका ओपनिङ खेलमा ब्राजिलले १७ खेल जितेको छ भने ४ खेल बराबरीमा सकिएका छन् ।

विश्वकप अन्तर्गत नै आइतबारको तेस्रो खेलमा पौने ७ बजे स्कटल्याण्ड र हाइटीबिच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट