२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

राजनीतिक व्यक्तिलाई मन्त्रिपरिषदमा नराख्ने प्रधानमन्त्रीको तयारी, कति जना हुनेछन् मन्त्री ?

मंगलवार , भाद्र ३१, २०८२

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक व्यक्तिलाई मन्त्रिपरिषदमा नराख्ने र विषय विज्ञलाई मन्त्रीमा प्राथमिकता दिने बताएकी छिन् ।

बीबीसी नेपाली सेवालाई दिएको विशेष अन्तर्वार्तामा मन्त्री कार्कीले मन्त्रिपरिषद् गठनका बारे राष्ट्रपति रामचन्द्र पौडेलले दिएको सुझाव आफूले अस्वीकार गरेको बताएकी छिन् ।

राष्ट्रपति पौडेलले राजनीतिक दलहरूका एक एक जना सदस्य पनि राखेर मन्त्रिमण्डल बनाउन सुझाव दिएको तर आफूले उक्त प्रस्ताव अस्वीकार गरेको बताइन्।

'राष्ट्रपतिज्यूले हामीलाई के भन्नुभएको थियो भने हरेक राजनीतिक दलका एकएक जना सदस्य लिएर निर्वाचनको बृहत् मन्त्रिमण्डल बनाउनुस् भन्नुभएको थियो। मैले उहाँलाई त्यस्तो राम्रो हुँदैन भनेँ,' उनले भनिन्। मन्त्रिपरिषद् करिब १० देखि ११ भन्दा नराख्ने पनि उनले बताइन् ।

'राजनीतिमा गएको (व्यक्ति) रहेछ भने त्यस्तोलाई हटाएर गैरराजनीतिक बरू कुनै संस्थामा काम गरेको अथवा सचिवहरू त्यस्तो व्यक्तिहरू जनजाति, दलित, महिला र पिछडिएको वर्ग ल्याउने पक्षमा छौँ,' उनले भनिन्।

शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आइतबार तीन जना मन्त्री नियुक्त गरेकी छन् । जसमा रामेश्वरप्रसाद खनालले अर्थ, कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइस भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास, ओमप्रकाश अर्यालले गृहस कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट