२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

पार्टीलाई छिटै पुरानै अवस्थामा फर्काउने एमालेका युवा नेताहरुको उद्घोष

मंगलवार , भाद्र ३१, २०८२

काठमाडौं । नेकपा एमालेका युवा नेताहरुले पार्टीलाई छिटै पुरानै अवस्थामा फर्काउने उद्घोष गरेका छन् ।

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण ध्वस्त भएको च्यासलस्थीत पार्टी केन्द्रीय कार्यालय पुगेर एमाले नेताहरुले पार्टीको नियमित काममा फर्किएको जनाउदै छिटै पुरानै अवस्थामा फर्काउने उद्घोष गरेका हुन् ।

एमालेका युवा नेता महेश बस्नेतले पार्टी काममा लाग्न आग्रह गर्दै पार्टी पुरानै अवस्थामा फर्किएको बताए । उनले अब मिसन २०८२ को निर्वाचनमा लाग्ने उल्लेख गर्दै तोकिएको समयमा निर्वाचन हुनै पर्ने धारणा राखे । बस्नेतले एमालेलाई कमजोर नठान्न चेतावनी दिदै एकदुई दिनभित्र काठमाडौंमा युवाहरुको विशाल जुलुस निकाल्ने बताए ।

त्यस्तै संविधान दिवसको दिन असोज ३ गते पार्टी कार्यालयमा विशेष कार्यक्रमको आयोजना गर्ने उनको भनाई छ ।

त्यस्तै एमालेका अन्य युवा नेताहरुले जेनजी आन्दोलनका नाममा घुसपैठ गरेर तोडफोड तथा आगजनी गर्नेलाई कारवाही गर्नुपर्ने जनाएका थिए । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट एमाले पार्टी कार्यालय पूर्ण रुपमा ध्वस्त भएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट