२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

संसदीय समितिका सभापतिहरूले गर्न थाले गाडी फिर्ता, ६ समितिका सभापतिले गरे गाडी फिर्ता

बुधवार , आश्विन १, २०८२

काठमाडौं । प्रतिनिधि सभा विघटनसँगै संसदीय विषयगत समितिका सभापतिहरूले संसद सचिवालयबाट पाएका गाडी फिर्ता गर्न थालेका छन्।

प्रतिनिधि सभा अन्तर्गतका १२ विषयगत समितिमध्ये हालसम्म पूर्वाधार विकास समितिका दीपक बहादुर सिंह, महिला तथा सामाजिक मामिला समितिका किरण कुमार साह, अर्थ समितिका सन्तोष चालिसे, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका अम्मरबहादुर थापा, कृषि समितिकी कुशुमदेवी थापा र नेकपा एमालेकी सचेतक सुनिता बरालसहित ६ सभापतिले गाडी फिर्ता गरिसकेका छन्।

संसद सचिवालयको सवारी शाखाका अनुसार बाँकी समितिका सभापतिहरूले गाडी वा चाबी औपचारिक रूपमा बुझाउन बाँकी छ। कतिपयको गाडी सचिवालयमै भए पनि चाबी फिर्ता गर्न बाँकी रहेको सवारी शाखा प्रमुख प्रदीप नेपालले जानकारी दिए।

प्रतिनिधि सभा विघटनपछि सभापति, मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकलाई दिइएका गाडी सात दिनभित्र फिर्ता गर्नुपर्ने नियम छ। भदौ २७ गते प्रतिनिधि सभा विघटन भएकाले असोज ३ भित्र सबै गाडी फिर्ता गर्नुपर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट