काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी आन्दोलनका क्रममा भएका अराजक गतिविधिमा संलग्नलाई पार्टीसँगको आवद्धता त्याग्न आग्रक गरेको छ ।
रास्वपाका सहमहामन्त्री विपिन कुमार आचार्यले अराजक गतिविधिमा संलग्नलाई पार्टीसँगको आबद्धता त्याग्न र अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका हुन् ।
उनले रास्वपा स्थापना कालदेखि नै अहिंसा र लोकतान्त्रिक मूल्यमा प्रतिबद्ध रहेको उल्लेख गर्दै पार्टीविरुद्ध मिथ्या सूचना र अफवाह फैलाउने षड्यन्त्र भइरहेको समेत दाबी गरे ।
महमन्त्री आचार्यले नख्खु कारागारबाट सभापति रवि लामिछाने बाहिरिएपछि भएको आगजनी र तोडफोडमा पार्टी नेताहरू संलग्न रहेको प्रमाणित भए कानुनअनुसार कारबाही गर्न सरकारलाई आग्रह गर्दै त्यसमा रास्वपाको पूर्ण सहयोग रहने बताए ।
प्रतिक्रिया दिनुहोस