२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

चाक्सीबारी निवास निरक्षण गर्दै प्रकाशमान सिंहले भने : घुसपैठ गरी ऐतिहासिक धरोहरमा आगजनी गर्ने काम भयो

बिहिवार , आश्विन २, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जेनजी आन्दोलनमा घुसपैठ गरी ऐतिहासिक धरोहरमा आगजनी गर्ने काम भएको बताएका छन् ।

बिहीबार जेनजी आन्दोलनमा क्रममा आगजनी र तोडफोड भएको काठमाडौंको चाक्सीबारीस्थीति आफ्नै घरको निरिक्षण गर्दै नेता सिंहले इतिहासमा सम्मान गरिने गणेशमानको घर, विपी कोइरालको निवास, कृष्णप्रसाद भट्टराई आश्रम लगाएतका ऐतिहासिक धरोहरमा आगजनी गर्नेहरु जेनजी आन्दोलनकारी नभइ आन्दोलनका नाममा घुसपैठ गर्नेहरु भएको बताएका हुन् ।

उनले उक्त घटनाको विधि अनुसार छानविन हुनुपर्ने माग गरे । सिंहले देशव्यापी रुपमा नियोजित रुपमा भएको आगजनीको घटनाले राष्ट्रलाई नै ठूलो क्षति पुगेको धारणा राखे ।

मुलुकको परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्नेहरुमाथि नियोजित रुपमा आक्रमण गर्ने दुष्शाहस नगर्न चेतावनी दिदै उहाले सवै मिलेर देश निर्माण गर्नुपर्नेमा जोड दिए ।

उनले अहिलेको समयमा जनताको माग बमोजिम नेताहरुले आफ्नो पार्टीलाई अघि बढाउन जरुरी रहेको बताए ।

जेनजी आन्दोलनका क्रममा सिंहको ठमेल चाक्सीबारीस्थित घरमा प्रदर्शनकारीले आगजनी गरेर निवास र केहि गाडीहरु जलाइएको थियो । ठमेलको चाक्सीबारीस्थित निवास गणेशमान सिंहले बताएका हुन् । आफ्ना बुवाले बनाएको सोही घर मर्मत गरी प्रकाशमान सिंह सोहि घरमा नै बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट