२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

सभामुख घिमिरेद्वारा आगजनीबाट ध्वस्त भएको संघीय संसद भवनको निरिक्षण

बिहिवार , आश्विन २, २०८२

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको संघीय संसद भवनको निरिक्षण गरेका छन् ।

बिहीबार सभामुख घिमिरेका साथै उपसभामुख इन्दिरा राना, कांग्रेस र एमालेका नेताहरुले आगजनीबाट ध्वस्त भएको संघीय संसद भवनको निरिक्षण गरेका हुन् । सभामुख घिमिरेले आगजनीबाट ध्वस्त भएको बैठक कक्षका साथै अन्य संरचनाको निरिक्षण गरे ।

निरिक्षणपछि सभामुख घिमिरेले आन्दोलनका नाममा भएको तोडफोड र आगजनीको घटना निकै दुखद भएको बताए । यस अवस्थाबाट उठेर ठिक ढंगले अगाडी जाने सवैको दायित्व भएको उनले बताए । सभामुख घिमिरेले संसद बिघटन नगरि यसैबाट समस्याको समाधान खोज्न सकेको भए राम्रो हुने प्रतिक्रिया दिए ।

उनले अन्तरिम सरकारको अगाडि ठूलो जिम्मेवारी रहेकाले सवै समस्याको समाधान गर्नेगरि अघि बढनुपर्ने सुझाव दिए ।

अहिले मुलुकमा गम्भीर परिस्थीति सिर्जना भएकाले यसको समिक्षा जरुरी रहेको उनले बताए । जेनजी आन्दोलनका क्रममा संसद भवनमा आगजनी हुँदा पूर्णरुपमा जलेको छ । सरकारले निर्वाचनपछि सिंहदरबारमा निर्माण भइरहेको नयाँ संसद भवनबाट बैठक सञ्चालन हुने गरि तयारी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट