काठमाडौँ । धेरैलाई थाहा नहुनसक्छ, भाटभटेनी काठमाडौँको एउटा मन्दिरको नाम हो । तर, अधिकांश नेपालीको बुझाईमा भने भाटभटेनी मन्दिरभन्दा बढी 'ब्राण्ड' हो । किनकी उनीहरुका लागि भाटभटेनी सुपर मार्केट मन्दिर जत्तिकै आस्था र विश्वासको केन्द्र बनेको छ ।
३२ वर्ष अघि काठमाडौँको भाटभटेनी मन्दिरका नाममा मीनबहादुर गुरुङ दम्पतीले सुरु गरेको सानो पसल यतिबेला चर्चित ‘ब्राण्ड’ बनेको छ । जुन मुलुकका २८ स्थानमा विस्तार भएको छ । आजका दिनमा भाटभटेनी डिपार्टमेन्टल स्टोर मात्रै होइन, यो नेपालमा बढ्दो सहरीकरणको उदाहरण पनि हो । साथै, व्यस्त जीवनशैलीमा रहेका नेपालीका लागि भाटभटेनी आधुनिक र सहज बजार केन्द्र पनि हो ।
यही आस्थाको धरोहरमा भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा ठूलो आक्रमण भयो । देशका १२ वटा भागभटेनीमा तोडफोड, लुटपाट र आगजनी भए । त्यसै गरी गत चैत १५ गते राजवादीको आन्दोलनका क्रममा पनि भाटभटेनी तोडफेड र लुटपाट भए । भाटभटेनीको बढ्दो सञ्जाललाई पटक पटक तोड्ने बलियो प्रयास भए । तर, माता भाटभटेनीको आशिर्वाद नै मान्नुपर्छ जति पटक आक्रमण हुँदा पनि भाटभटेनी सुपर मार्केट अझ बलियो भएर उठ्दै आएको छ । यसका सञ्चालक तथा अध्यक्ष मीनबहादुर गुरुङले जेनजी आन्दोलनका क्रममा खरानी भएको भाटभटेनीको धुलो टक्टकाएर उठ्ने संकल्प लिएका छन् ।
भाटभटेनी पछिल्ला केही वर्षयता नेपालमा सबैभन्दा तीव्र गतिमा विस्तार भएको व्यवसाय हो । यसले व्यापार विस्तार मात्रै गरेको छैन, हजारौँलाई रोजगारी सृजना गरेको छ भने किसानदेखि उद्यमीसम्मलाई उत्पादन बिक्रीका लागि महत्वपूर्ण स्थान पनि उपलब्ध गराएको छ । आजका दिनमा कुनै पनि सामानको बजारमा बलियो उपस्थिति हुनका लागि भाटभटेनीको साथ अनिवार्य जस्तै छ ।
पछिल्लो पटक भएको आगजनीले मीनबहादुरको आत्मबल र सपनालाई भने डगमगाउन दिएको छैन । भाटभटेनीले आफ्नो सामाजिक सञ्जालमा लेखेको छ, “दुःखद क्षणहरू गुज्रिए, तर आशा हराएको छैन । आज हाम्रो पसल ध्वस्त भए पनि तपाईँहरूको साथले हामी अझ मजबुत महशुस गरिरहेका छौँ । हजारौँ सहयोगी हातहरूले सफा गर्न मद्दत गरिरहेका छन्, आँसु पुछिरहेका छन् र हामीलाई फेरि उठ्न शक्ति दिइरहेका छन् । भाटभटेनी फेरि उभिनेछ । तपाईँहरूको साथमा, हामी भविष्यलाई अझ उज्यालो बनाउनेछौँ ।”
भाटभटेनी पछिल्ला केही वर्षयता नेपालमा सबैभन्दा तीव्र गतिमा विस्तार भएको व्यवसाय हो । यसले व्यापार विस्तार मात्रै गरेको छैन, हजारौँलाई रोजगारी सृजना गरेको छ भने किसानदेखि उद्यमीसम्मलाई उत्पादन बिक्रीका लागि महत्वपूर्ण स्थान पनि उपलब्ध गराएको छ । आजका दिनमा कुनै पनि सामानको बजारमा बलियो उपस्थिति हुनका लागि भाटभटेनीको साथ अनिवार्य जस्तै छ ।
भाटभटेनीले कमाएको विश्वास र मुलुकको अर्थतन्त्रमा पु-याएको योगदानको महत्व निकै ठूलो छ । जसलाई आम नागरिकले पनि भरपुर साथ दिएका छन् । जसको उदाहरण, जेनजी प्रदर्शनका क्रममा काठमाडौँको टोखामा देखियो । भाटभटेनीका अन्य शाखामा आक्रमण हुँदा टोखाबासीले रातभरी जाग्राम बसेर जोगाएको भाटभटेनीको कथा पनि निकै रोचक छ । यसले भाटभटेनीप्रति उपभोक्ताले देखाएको विश्वास र माया कुन हदसम्म छ भन्न सकिन्छ । त्यति मात्रै होइन, तोडफोड र लुटपाटपछि स्थानीयले सामान फिर्ताका लागि लिएको पहल पनि निकै सराहनीय छ । यसले भाटभटेनी एक्लै उभिएको होइन, यसमा समुदायको भरपुर साथ रहेको स्पष्ट हुन्छ । त्यसैले त गुरुङ दम्पतीसँग खरानी भएको भाटभटेनीलाई फेरि सफलताको उचाइमा पु-याउने आशा र भरोसा अझै जीवितै छ ।
त्यसैले त भाटभटेनीले भनेको छ, “भौतिक संरचना भत्किन सक्छ, तर भाटभटेनीको आत्मा कहिल्यै टुट्दैन, हामी अझ सबल भएर पुनः निर्माण गर्नेछौँ र नेपाली जनताको सेवामा निरन्तर प्रतिबद्ध रहनेछौँ ।” भाटभटेनीले भागेको पीडामा अर्थमन्त्रीदेखि लगानीकर्ताहरु भग्नावशेषमै पुगेर आत्मबल भरेका छन् ।
मुलुकभरका २८ मध्ये १२ वटा भाटभटेनी स्टोरमा तोडफोड, लुटपाट, डकौती आगजनी हुँदा करिब ५० अर्ब रुपैयाँ बराबरको क्षति पुगेको आँकलन छ । तर यो क्षतिबाट गुरुङ दम्पतीले देखेको सपनामा कत्ति पनि असर परेको छैन । बरु अझ बलियोसँग उठ्ने गरी उनीहरुले संकल्प लिएका छन् ।
आगलागीबाट ध्वस्त भएका शाखामा कार्यरत कसैलाई पनि बिदा गरिएको छैन । बरु त्यहाँ कार्यरतहरुलाई अन्यत्र स्थानान्तरण गरिएको छ । अर्बौँ बराबरको सम्पत्ति निमेषभरमै खरानी हुँदा पनि कर्मचारीको तलब मात्रै होइन दसैँको बोनस पनि रोकिएको छैन । यसले गुरुङ दम्पतीले देखेको सपना पूरा गर्नका लागि उनीहरु कतिसम्म दृढ छन् भन्ने देखाएको छ ।
अहिले भाटभटेनीका काठमाडौँभित्र टोखा, सातदोबाटो, अनामनगर, सानगाउँ, त्रिपुरेश्वर, पाटन, कलंंकी, राधेराधे र बालाजुका शाखा पूर्ववत् रुपमा सञ्चालनमा आइसकेका छन् भने काठमाडौँ बाहिर नेपालगञ्ज, जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी, इटहरी र भैरहवामा पनि शाखा सञ्चालनमा आइसकेका छन् । अब आगजनीबाट पूर्णरुपमा ध्वस्त भएका १२ वटा शाखा सञ्चालनका लागि भने केही समय लाग्ने देखिएको छ ।
आगलागीबाट ध्वस्त भएका शाखामा कार्यरत कसैलाई पनि बिदा गरिएको छैन । बरु त्यहाँ कार्यरतहरुलाई अन्यत्र स्थानान्तरण गरिएको छ । अर्बौँ बराबरको सम्पत्ति निमेषभरमै खरानी हुँदा पनि कर्मचारीको तलब मात्रै होइन दसैँको बोनस पनि रोकिएको छैन । यसले गुरुङ दम्पतीले देखेको सपना पूरा गर्नका लागि उनीहरु कतिसम्म दृढ छन् भन्ने देखाएको छ ।
मनकारी गुरुङ
गुरुङ दम्पतीले भाटभटेनीबाट जति कमाएका छन्, त्यसैगरी समाजलाई पनि फिर्ता गरेका छन् । आफूले कमाएको पैसा उनले न त विदेश लगेका छन् न त आफ्नो सुख सयलमा मात्रै खर्च गरेका छन् । बरु उनले भाटभटेनीलाई मुलुकभर विस्तार गर्दै १० हजारभन्दा बढीका लागि रोजगारी सृजना गरेका छन् । जसमा अधिकांश जेनजी उमेर समूहका छन् ।
त्यति मात्रै कहाँ होर, गुरुङले गत वर्षदेखि डा भगवान कोइरालाले सुरु गरेको बाल अस्पताल निर्माणको जिम्मेवारी पनि आफैँले लिएका छन् । उनले यसका लागि ४१ करोड सहयोग गरेका छन् । विसं २०६८ सालमा पनि गुरुङले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा आकस्मिक उपचारका लागि १० करोड खर्चेले अत्याधुनि भवन निर्माण गरिदिएका थिए भने केही समय अघि पनि अस्पताललाई ९ करोड रुपैयाँमा भवन निर्माण गरेर हस्तान्तरण गरिसकेका छन् ।
साथै भाटभटेनीेले दुई वर्षअघि जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पमा पनि एक करोड रुपैयाँभन्दा बढी सहयोग गरेका थिए भने गत चैतमा तीनकुने प्रदर्शनका क्रममा मृत्यु भएका सविन महर्जको परिवारलाई पनि आर्थिक सहयोग गरेका थिए ।
भाटभटेनीले उपभोक्ता र समाजका लागि मात्रै होइन, मुलुकका लागि पनि वार्षिक १८ अर्ब रुपैयाँभन्दा राजस्व बुझाउँदै आएका छ । १० हजारभन्दा बढीलाई रोजगारी सृजना गरी स्वदेशमै बस्ने वातावरण निर्माण गरेको छ । कम्पनीले गत वर्षको बाढी पहिरो पीडितलाई पनि एक करोड ११ लाख रुपैयाँ सहयोग गरेको थियो । भाटभटेनी सुपरमार्केट वस्तु व्यापार क्षेत्रमा सर्वाधिक करदाताका रुपमा तेस्रो पटक सम्मानित भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस