२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

निजी क्षेत्रलाई सहयोग गर्ने प्रधानमन्त्री कार्कीको प्रतिवद्धता

आइतवार , आश्विन ५, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमा भएको तोडफोड तथा आगजनीका घटनाप्रति दुख व्यक्त गर्दै निजी क्षेत्रलाई सहयोग गर्ने प्रतिवद्धता जनाएकी छन् ।

आइतबार सिंहदरबारमा उद्योगी व्यसायी संघ संस्थाका साथै औधोगिक घरनाका प्रतिनिधिसंग छलफल गर्दै प्रधानमन्त्री कार्कीले आफु सदैव निजी क्षेत्रको साथमा रहेको भन्दै पुनरोत्थानका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएकी हुन् । छलफलका क्रममा निजी क्षेत्रका प्रतिनिधिहरुले आन्दोलनका क्रममा भएको क्षतिका बारेमा जानकारी गराएका थिए ।

उनीहरुले सम्मानित रुपमा काम गर्न सक्ने वातावरणका लागि आवश्यक सहयोग र सुरक्षाको अपेक्षा सरकारसंग रहेको धारणा राखेका थिए । साथै उनीहरुले करिब ८० अर्ब रुपैयाँ बराबरको निजी क्षेत्रमा क्षति भएको प्रारम्भिक आंकलन रहेको समेत जनाएका थिए ।

छलफलका क्रममा आन्दोलनमा प्रभावित व्यवसायीलाई कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण सुविधा प्रदान गर्न, लगानी आकर्षित गर्न आयकर लगायतमा छुट प्रदान गर्न पनि आग्रह गरिएको थियो । निजी क्षेत्रले राखेका सुझाव र मागमा प्रधानमन्त्रीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले जानकारी दिए । सरकारको प्रतिवद्धताबाट निजी क्षेत्र निकै आशावादी रहेको उनको भनाइ छ ।

छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरुले युवा पुस्ताको आन्दोलनका क्रममा भएको घुसपैठका कारण निजी क्षेत्रले ठूलो जनधनको क्षति बेहोरेको हुँदा दोषी माथि कारवाही हुनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट