२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

छायाँनाथमा फेरियो ५२ हाते लिंगो

सोमवार , आश्विन ६, २०८२

मुगु । कर्णालीको प्रसिद्ध छायाँनाथ ऋणमोक्ष मन्दिरमा ५२ हाते लिंगो फेरिएको छ । लिंगो फेरिएसँगै यहाँ दसैं सुरू भएको छ ।

सुरक्षाकर्मी र गाउँलेले बाजागाजासहित घटस्थापनाको दिन रारा वन क्षेत्रबाट सल्लोको लिंगो ल्याएर फेरेका हुन् ।

छायाँनाथ रारा नगरपालिका–२ चैन गाउँमा रहेको छायाँनाथ ऋणमोक्ष मन्दिरमा घटस्थापनाका दिन ५२ हाते लिंगो फेर्ने चलन रहेको मन्दिरका पुजारी आश्विनी कुमार हमालले बताए ।

मन्दिरमा लिंगो फेरिएसँगै स्थानीयले घरघरमा जमरा राखेर दसैं सुरु हुने उनको भनाई छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट