२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाको २ लाख २१ हजार ७००

मंगलवार , आश्विन ७, २०८२

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुनको मूल्य ३ हजार ९०० रुपैयाँ बढेपछि नयाँ रेकर्ड कायम भएको हो ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख २१ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सोही सुनको मूल्य प्रतितोला २ लाख १७ हजार ८०० रुपैयाँ थियो ।

यस्तै, चाँदी मंगलबार तोलामा ३० रुपैयाँ बढेर प्रति तोला २ हजार ६८० रुपैयाँ पुगेको छ। सोमबार तोलामा ३० रुपैयाँ बढेर प्रति तोला २ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य हालसम्मकै उच्च हुन पुगको छ। सुन प्रतिऔंस ३७४५.५३ डलर छ। चाँदी प्रतिऔंस ४३.९८ डलर पुगेको छ। सोमबार सुन प्रतिऔंस ३६९१.५६ डलर र चाँदी प्रतिऔंस ४३.५२ डलर थियो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट