२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

काठमाडौं महानगरद्वारा दुर्गम क्षेत्रका गाउँपालिकालाई एम्बुलेम्स हस्तान्तरण

मंगलवार , आश्विन ७, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाले दुर्गम क्षेत्रका गाउँपालिकालाई एम्बुलेन्स वितरण गरेको छ ।

मंगलबार पहिलो चरणमा देशभरिका दुर्गम तथा मापदण्डका आधारमा छनोट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गरिएको काठमाडौं महानगरका स्वास्थ्य बिभाग प्रमुख दिपक कुमार केसीले जानकारी दिए ।

एम्बुलेन्स वितरणका लागि आवेदन माग गरिएकोमा बिभिन्न स्थानीय तहबाट आएको आवेदनलाई हेर्दै मापदण्डका आधारमा सुविधा सम्पन्न एम्बुलेन्स उपलव्ध गराइएको उनले बताए ।

एम्बुलेन्स वितरण गर्दा सातै प्रदेशलाई समावेश गरिएको उनले जानकारी दिए ।

एम्बुलेन्स वितरणका लागि पारदर्शी मापदण्ड बनाई, स्वास्थ्य सुविधा अभावमा पिछडिएका स्थानलाई प्राथमिकता दिइएको महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट