२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो

मंगलवार , आश्विन ७, २०८२

मलेखु (धादिङ) । अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी नै खुलेको छ । बेनिघाट रोराङ गाउँपालिका–१० जवाङखोलामा सोमबार राति १० बजेदेखि सुक्खा पहिरोले राजमार्ग अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक भेषराज रिजालले पहिरो पन्छाएर राजमार्ग खुलाएको जानकारी दिए ।

उनका अनुसार तत्कालका लागि पहिरो पन्छाए पनि जोखिम टरिसकेको छैन । डोजरले पन्छाउँदै जाने पहिरो थपिँदै गर्ने क्रम चलिरहेको प्रहरी उपरीक्षक रिजालले जानकारी दिए ।

रोकिएका सवारीहरु आफ्नो गन्तव्यतर्फ लागेका छन् । यस क्षेत्रमा सवारीको चाप उच्च भएकोले जामको समस्या पनि छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट