२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

मुग्लिन–नारायणघाट सडकको तुइनखोलामा फेरि पहिरो, सडक अवरुद्ध

मंगलवार , आश्विन ७, २०८२

काठमाडौँ । चितवनको मुग्लिन–नारायणघाट सडक फेरि अवरुद्ध भएको छ । मुग्लिन–नारायणघाट सडक खण्डको तुइनखोला पुल नजिकै मङ्गलबार साँझ फेरि ठुलो पहिरो झरेको हो ।

मंगलबार दिउँसो ३:२० बजे ठुलो पहिरो झरेसँगै सडक आवागमन दुईतर्फी बन्द भएको छ ।  सुख्खा पहिरो निरन्तर खसी रहेकोले दुईतर्फ सडक अवरुद्ध भएको हो ।

निरन्तर रूपमा पहिरो झर्ने क्रम नरोकिँदा, पहिरो पन्छाउन समस्या भएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

पहिरो निरन्तर खसिरहेकाले सडक नै भासिन सक्ने जोखिम रहेकोले सवारीसाधनलाई फिर्ता गरेर वैकल्पिक बाटो प्रयोग गर्न पनि अनुरोध गरेको छ ।

यसअघि गत शुक्रबार पनि सोही ठाउँमा पहिरो गएको थियो । उक्त पहिरो पन्छाएर ४५ घण्टापछि सडक सञ्चालनमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट