२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो पन्छाउन सुरु, आज दिनभर लाग्ने

बुधवार , आश्विन ८, २०८२

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला पुल नजिक मंगलबार साँझ गएको ठुलो सुक्खा पहिरोका कारण यातायात आवागमन पूर्ण रूपमा बन्द भएको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहानैदेखि पहिरो पन्छाउने प्रयास थालिए पनि सडक भासिने जोखिम देखिएकाले आज दिनभरजसो समय लाग्ने अनुमान गरिएको छ।

चितवनका एसपी गोविन्द पुरीका अनुसार पहिरो खसेपछि सडक नै भासिने खतरा बढेको छ, जसका कारण तत्काल सडक खुल्ने सम्भावना छैन।

सडक बन्द भएपछि सवारीसाधनको लामो लाइन बनेको छ। कुरिनटारसम्म जाम देखिएको प्रहरीले जनाएको छ। यात्रु र चालकलाई तत्काल वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट