२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

तपाईंको जीवन राष्ट्रको सम्पत्ति, सुरक्षित यात्रा हाम्रो कर्तव्य : ऊर्जामन्त्री घिसिङ

बुधवार , आश्विन ८, २०८२

काठमाडौं । दशैँ पर्व नजिकिँदै गर्दा ऊर्जामन्त्री कुलमान घिसिङले सम्पूर्ण चालक तथा यात्रुहरूलाई सडक सुरक्षाप्रति सजग रहन विशेष अनुरोध गरेका छन् । उनले आज बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत सो अनुरोध गरेका हुन् ।

उनले भनेका छन्, 'तपाईंको जीवन र तपाईंको परिवार राष्ट्रको अमूल्य सम्पत्ति हो । त्यसैले घर फर्किँदा वा यात्रा गर्दा रमाइलो त पक्का गर्नुहोस्, तर हतार नगरी, नियम पालना गरेर सुरक्षित यात्रा गर्नुहोस् ।'

मन्त्री घिसिङले सवारी चालकहरूलाई गति नियन्त्रणमा राख्न, मदिरा सेवनपश्चात् कुनै हालतमा सवारी नचलाउन र लामो यात्रामा निस्कँदा पर्याप्त विश्राम लिन आग्रह गरेका छन् । साथै, यात्रुलाई आफ्नो परिवारझैँ सम्झेर सुरक्षित गन्तव्यसम्म पुर्‍याउन आग्रह गरेका छन् ।

त्यस्तै, यात्रु दाजुभाइ दिदीबहिनीहरूलाई क्षमताभन्दा बढी सवारीमा नचढ्न, चालकलाई अनावश्यक दबाब नदिन, यात्रा क्रममा आवश्यक सावधानी अपनाउन र शान्त ढंगले सुरक्षित यात्रा गर्न प्रोत्साहन गर्न आग्रह गरेका छन् ।

'यस दशैंमा हाम्रो उद्देश्य केवल गन्तव्यमा पुग्नु मात्र होइन, सुरक्षित र खुसीसाथ पुग्नु पनि हो' मन्त्री घिसिङको सन्देशमा उल्लेख छ ।

उनले अन्त्यमा भनेका छन्, 'सडक सुरक्षा नै जीवन सुरक्षा हो, जीवन सुरक्षा नै परिवारको खुशी हो, र परिवारको खुशी नै हाम्रो राष्ट्रको शक्ति हो ।'

दशैं पर्वको अवसरमा मन्त्री घिसिङले सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट