२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सरकारले ल्याएको राहत प्याकेजको नाडाले गर्‍यो स्वागत

बुधवार , आश्विन ८, २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रभावित उद्योग, व्यापार तथा व्यावसायिक प्रतिष्ठानहरूको पीर, मर्का र आवाजलाई सम्बोधन गर्दै सरकारले घोषणा गरेको राहत प्याकेजलाई नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले स्वागत गरेको छ ।

नाडाले गाडीका शोरुम आगजनी र तोडफोडमा परेका व्यवसायीको मर्का सम्बोधन हुने गरी राहत प्याकेज ल्याइएको भन्दै स्वागत गरेको हो।

नाडाले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘आन्दोलनका क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रभावित उद्योग, व्यापार तथा व्यावसायिक प्रतिष्ठानको पीर, मर्का र आवाजलाई सम्बोधन गर्दै सरकारले घोषणा गरेको राहत प्याकेजलाई नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल स्वागत गर्दछ। यस किसिमको निर्णायक कदमले सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै देशको अर्थतन्त्रलाई पुनर्जीवित गर्न प्रतिबद्ध रहेको स्पष्ट सन्देश दिएको छ ।’

जेनजीको आन्दोलनका क्रममा भदौ २४ गते थापाथलीस्थित गाडीका केही शोरुममा तोडफोड र आगजनी भएको थियो। शोरुममा ३० वटा गाडीमा क्षति पुगेको थियो। नाडाले प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर खनालसँग भेटेर राहत प्याकेज ल्याउन आग्रह गरेको थियो।

‘हाम्रो अनुरोधलाई सरकारले उच्च प्राथमिकताका साथ सम्बोधन गरी निर्णयमा परिणत गरेको देख्दा हामी सबै उद्योगी व्यवसायीले आत्मबल पाएका छौं। यसले सरकार निजी क्षेत्रको आवाजलाई कदर गर्ने मात्र नभई तत्काल कार्यान्वयनमा जान तयार रहेको प्रमाणित गरेको छ,’ नाडाले भनेको छ। नाडाले सरकारी राहत प्याकेजलाई ‘उद्योगी व्यवसायीलाई हौसला दिने आधार’ भनेको छ।

सरकारले आगजनीमा परेका व्यावसायिक प्रतिष्ठानलाई लक्षित गरी क्षतिको ५० प्रतिशत बीमा दाबी अग्रिमरुपमा भुक्तानी गर्ने, सवारीसाधन आयातमा ८० प्रतिशत कर्जाको व्यवस्था गर्ने, व्यवसाय पुनर्स्थापनाका लागि सामान आयात गर्दा भन्सार महसुल र अन्तःशुल्कमा ५० प्रतिशत छुट दिने, सहुलियत दरमा कर्जा उपलब्ध गराउने लगायत १२ वटा व्यवस्था गरेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ