२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

गरिमा क्यापिटलको अध्यक्षमा अनिल रेग्मी निर्वाचित

शुक्रवार , आश्विन १०, २०८२

काठमाडौ । गरिमा क्यापिटलको अध्यक्षमा अनिल रेग्मी निर्वाचित भएका छन् ।

बिहिबार काठमाडौंको लेमन ट्री होटलमा भएको १० औं साधारणसभाबाट संचालक निर्वाचित भएका रेग्मीलाई बोर्डको पहिलो बैठकले अध्यक्ष चयन गरेको हो ।

सस्थापक सेयर सदस्यहरुवाट रेग्मी सहित ४ जना सदस्य निर्वाचन भएका थिए । जसमा सुरेस कुमार श्रेष्ठ, शेर बहादुर बुढाथोकी र सुनिल कार्की रहेका छन् ।

साधारणसभालाई सम्बोधन गर्दै गरिमा विकास बैंकका सस्थापक अध्यक्ष जलेश्वर पाण्डेले गरिमा क्यापिटलको विगत स्मरण गराउदै क्यापिटल यहाँसम्म ल्याउन अहिलेको टिमको ठूलो भुमिका रहेको उल्लेख गरे । कार्यक्रमलाई सम्बोधन गर्दै गरिमा विकास बैंकका अध्यक्ष दिलिप प्रताप खाणले नेपालको परिवेश अनुसार गरिमा ग्रुप चलेको हुँदा यस ग्रुपबाट संचालन भएका सबै व्यवसायहरु प्रगतिको बाटोमा गएको धारणा राखे ।

क्यापिटलका निर्वाचन अध्यक्ष दिपक पाण्डेले आफुले आठ बर्षसम्म संस्थालाई नेतृत्व गर्दा भोगेका भोगाइहरु सेयर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट